FAQs Complain Problems

सूचना

रिब्दीकोट गाउँपालिकाको चौथो (नीति केन्द्रित )गाउँ सभा साथै रिब्दीकोटको दर्पण विमोचम ,विपद सामग्री हस्तान्तरण तथा स्वास्थ्य संस्थाहरुलाई Computer हस्तान्तरण कार्यक्रम |

दस्तावेज:
मिति: 01/09/2019 - 10:44

 मिति २०७५ /०९ /०६ गते जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा आयोजित एकिकृत घुम्ती सेवा कार्यक्रम  रिब्दीकोट गाउँपालिकाका  अध्यक्ष श्री नारायण बहादुर जि .सी.ज्यूको  अध्यक्षता, प्रमुख अतिथि श्रीमान् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल ज्यू , शसस्त्र प्रहरीको  प्रहरी नायक उपरिक्षक श्री इश्वरी प्रसाद खनाल ज्यू, ,जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख श्री धर्मा बेलबासे ज्यू ,भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र पाल्पाका प्रमुख डा.चन्द्र बहादुर राना, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रशासकीय अधिकृत श्री हुम बहादुर पाण्डे ज्यू ,रिब्दीकोट गाउँपालिकाको नि.प्रमुख प्रशासकिया अधिकृत श्री बिष्णु प्रसाद बेल्बासे तथा घुम्ती शिविरका सम्पूर्ण कर्मचारी ज्यूहरु,  कान्तिपुर दैनिकका उप सम्पादक श्री माधव अर्याल ज्यू,नागरिक दैनिकका श्री मुक्ति राम न्यौपाने ज्यूको  आतिथ्यतामा एक दिने एकीकृत घुम्ती सेवा रिब्दीकोट गाउँपालिका वडा नं :१ ,जोगिथुममा सम्पन्न भयो । एकिकृत घुम्ती सेवामा नागरिता वितरण ,स्वास्थ्य जाच तथा औषधि वितरण आदि सेवाहरु सजिलै प्रदान गरियो  |

दस्तावेज:
मिति: 12/21/2018 - 19:53

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको विशेष कार्यक्रम रिब्दीकोट गाउँपालिकाको वडा नं १ ख्याहा जोगीथुममा लैङ्गिक हिंसा र दुव्र्यवहारःछैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय मूल नारा सहित एक भव्य कार्यक्रम गरी सम्पन्न गरीयो । रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको यस कार्यक्रमा नेपाल वार एसोसियसनका सदस्य अधिवक्ता तथा वार प्रतिनिधि श्री शान्ती वस्यालले कार्यपत्र पेश गर्दै आफ्नो भनाई राख्नुभयो । महिला हिंसा तथा लैङ्खिक हिंसाको इतिहास तथा हाम्रो समाजको गलत सोच तथा संस्कारका वारेमा जानकारी गराउनु भयो । जुन समाजमा शिक्षा र चेतना बढी छ,जुन समाजमा गरिवी र अभाव छ, सो स्थानमा सबैभन्दा बढी लैङ्गिक हिंसा भएको छ अतः यस क्षेत्रमा विशेष योजना बनाई जनचेतना दिनु पर्ने कुरा बताउनु भयो । महिला तथा बालबालिका माथि हिंसा भएमा कानूनी व्यवस्था तथा उपचारका बारेमा प्रष्ट पार्नू भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष श्री नारायण ब जि.सी ले महिला तथा बालबालिका माथि हिंसा किन हुन्छ ? सोको निराकरणका लागि अपनाउनु पर्ने उपाय तथा अपराध भएमा हुने कानुनी कारवाहीको वारेमा प्रस्ट पार्नु भयो । विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष श्री लक्ष्मी खनाल ले लैङ्खिक हिंसा हुन नहुने र क्ुनै समस्या भएमा न्यायीक समितिले समेत सहयोग गर्ने कुरा प्रस्ट पार्नु भयो । नेपाली कांग्रेसका अध्यक्ष रामचन्द्र पाण्डेले आफ्नो दल ने.का सधैभरी लैंङ्गिक हिंसाको विपक्षमा रहेको कुरा प्रस्ट पार्नु भयो । कालिका आधारभूत विद्यालयका प्रध्यानाध्यापक सुरेश कुमाल,समाजसेवी नारायण कुमाल,नारायण ब पहराई,जुना टन्डन लगाएतले मन्तव्य व्यक्त गर्नु भयो। साथै उक्क्त कार्यक्रममा उपस्थिति सबैबाट म हिंसा गर्दिन,म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु,आवाज उठाउँछु भन्ने प्रतिवद्धता समते जाहेर गरियो । 
वडा नं १ ख्याहाका वडा अध्यक्ष श्री विष्णु प्रसाद गैरे को अध्यक्षतामा सञ्चालन भएको यस कार्यक्रममा वडा सदस्य तथा विध्येक समिति संयोजक गीता कौशलले स्वागत गर्नुभयो। उक्त कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका सुचना अधिकृत हेमेन्द्र कुवर तथा प्राविधिक वृज कुमार चौधरी को समेत उपस्थिती थियो । भने उक्त कार्यक्रम महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख श्री पवित्रा परियारले संचालन गर्नु भएको थियो ।

दस्तावेज:
मिति: 12/05/2018 - 12:21

मिति २०७५/०८/१७ गते रिब्दीकोट गाउँपालिकाको ५०%अनुदानमा कुटनी पिसानी मिल(Combine Mill) तथा खाडल खन्ने मेसिन( Earth Auger ) वितरण कार्यक्रम सम्पन्न | गाउँपालिकाबाट Combine Mill को लागि मुल्य रु १७,५००|- तथा Earth Auger को लागि  मुल्य रु ११,५००|- रकममा  कृषकलाई उपलब्ध गराइयो  |

दस्तावेज:
मिति: 12/03/2018 - 16:27

Pages