समाचार
सूचना
मिति २०७६/०३/०९ गते बसेको रिब्दीकोट गा.पा.को पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |
बजेटले सम्बोधन गरेका मूख्य-मूख्य कार्यक्रमहरु |
- आफ्नो वडा आफै बनाऊँ |
- एक घर एक धारा |
- सेतो घर कार्यक्रम अन्तरगत खरको छानामुक्त गाउँपालिका |
- दुध र टमाटरमा उत्पादनमा आधारित अनुदान (दुधमा प्रति लि.१ रुपैया ,टमाटरमा १ रुपैया देखि २ रुपैया ५० पैसा सम्म )
- मुटु ,क्यान्सररोगीलाई दिइदैआएको ४ हजारमा वृद्धि गरि ६ हजार उपलब्ध गराइने |
- रिब्दीकोट रोजगार कार्यक्रम |
- सुत्केरीलाई अतिरिक्त भत्ता|
- वि.स.२०७७ लाई रिब्दीकोट पर्यटन वर्ष मनाउने |
- कृषि तथा पशु क्षेत्रमा अनुदान |
- एक वडा बहुपोखरी लाई निरन्तता
- पाडापाडी,बाख्रा पालन
- दिवा खाजा |
- शिक्षाको गुणस्तर सुधारको लागि मापदण्डमा आधरित सहयोग
- अति बिपन्न कुमाल समुदायका बलबालिका हरुको बाहुल्यता रहेको जोगिथुम स्थित बिद्यालयमा दिवा खाजा | आदि
मिति २०७६/०३/०७ गते शनिबार ५०% अनुदानमा मौरी सहितको घार बितरण कार्यक्रम सम्पन्न |
रिब्दीकोट गाउँपालिकाको पाँचौ गाउँसभा आज देखि सुरु |पहिलो बैठकमा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जी.सीले आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने नीति तथा कार्यक्रमको छलफल सहित गाउँसभाबाट पारित भए संगै उपाध्यक्ष श्री लक्ष्मी खनाल बाट आ.व. ०७६/०७७ बजेट पेश भई बजेट माथिको छलफलका लागि अर्को बैठक मिति २०७६/०३/१० गते बस्ने |
रिब्दीकोट गाउँपालिकाको वातावरण सरसफाई कार्यक्रम अन्तर्गत रिब्दीकोट क्षेत्र भित्रका आधारभुत कक्षा संचालन हुने सरकारी बिद्यालय,निजि बिद्यालय र समुदायिक सिकाई केन्द्रको लागि कुहिने/नकुहिने फोहर राख्ने छुट्टाछुट्टै सरकारी बिद्यालय,निजि बिद्यालय र समुदायिक सिकाई केन्द्रको लागि डस्टविन वितरण |