FAQs Complain Problems

सूचना

मिति २०७५/०१/२८ गते रिब्दीकोट गाउँपालिका गाउँ पालिका पशु पंक्षि समन्वय इकाईको आ .व. २०७४/०७५ को बार्षिक कार्यक्रम अनुसार पशु आहार सेवा कार्यक्रम अनुसार रिब्दीकोट गा .पा वार्ड नं.६ ठिमुरे को नारायण मा .वि . को ३ हेक्टरमा जग्गामा उन्नत घास स्टाइलो करिब २०० जना अभिभावक,विधार्थी तथा कर्मचारीहरु बाट  बिउ रोपण कार्यक्रम सम्पन्न भयो | उक्त घास उत्पादन तथा बिउ बिक्रि बाट आएको आम्दानी त्यही बिधालय को कोष मा रहने छ |

दस्तावेज:
मिति: 05/14/2018 - 13:42

रिब्दीकोट गाउँपालिका घरदैलो कार्यक्रम अन्तर्गत देउराली र बतासेमा ६१ जना व्यवसायीलाई व्यवसाय दर्ता प्रमाण पत्र वितरण गरियो |

दस्तावेज:
मिति: 05/02/2018 - 15:41

रिब्दीकोट गाउँपालिका ५०% कृषि अनुदानमा २४ वटा हाते टेक्टर  कृषक लाई वितरण गरियो |

दस्तावेज:
मिति: 05/02/2018 - 15:10

मिति २०७५/०१/१२ गते कालिका आधारभूत विद्यालय रिब्दीकोट-१,जोगिथुममा  जन सहभागितामा  आधारित पूर्ण भर्ना अभियान तथा घुम्ती शिविर सम्पन |

मुख्य कार्यक्रमहरु :-

  • करिब १८९  जना को स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरण|
  • बिउ वितरण |
  • पशु को लागि औषधि वितरण|
  •  एक वर्षको लागि गाउँपालिकाले कालिका आधारभूत विद्यालयका विधार्थीलाई  दिवा खाजाको व्यवस्था गर्ने|
  • करिब एक लाख  सहयोग |
दस्तावेज:
मिति: 04/27/2018 - 11:08

मिति २०७४/१२/३० गते रिब्दीकोट -६ ,िठमुरेमा जेष्ठ नागरिक तथा एकल महिला सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जि.सी. को अध्यक्षता र ६ नं वडाअध्यक्ष श्री तुल बहादुर जि.सी. को ब्यबस्थापन तथा सहयोगमा ठिमुरे का २१ जना जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान बापत Blanket र फलफुल हस्तान्तरण गरियो |

दस्तावेज:
मिति: 04/15/2018 - 15:25

मिति २०७४/१२/२७ गते रिब्दीकोट गाउँपालिका र ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान ,झापा को आयोजनामा गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि योजना तर्जुमा सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम |

दस्तावेज:
मिति: 04/10/2018 - 15:39

मिति २०७४/१२/२२ र २३ गते दोस्रो विधेयक केन्द्रित गाउँ सभामा रिब्दीकोट गाउँपालिकाको स्थानीय शिक्षा ,स्वास्थ्य र सहकारी विधेयक छलफलबाट पारित साथै नीति तथा कार्यक्रमको ,गाउँपालिकाको समग्र प्रगति विवरण, चुनौती आदिको समीक्षा गरियो|

दस्तावेज:
मिति: 04/10/2018 - 14:07

Pages